पहिलो खेलमै न्युकासल र लिभरपुलबिच रोमाञ्चक बराबरी
ratopati.com · Sun Aug 23 17:36:04 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको आफ्नो पहिलो खेलमा न्युकासल युनाइटेड र लिभरपुलले रोमाञ्चक बराबरी खेल्दै अङ्क बाँडेका छन् । आइतबार भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो । दुवै टोलीका लागि सिजनको यो सुरुआती खेल निकै उतारचढावपूर्ण रह्यो ।
न्युकासलको मैदानमा भएको खेलमा घरेलु टोलीले खेलको पाँचौँ मिनेटमै एन्थोनी एलाङ्गाको गोलबाट सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा एक गोलले पछि परेको लिभरपुलका लागि ५५ औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर, लिभरपुलको त्यो खुसी धेरै समय टिक्न पाएन । त्यसको दुई मिनेट लगतै अर्थात् ५७ औँ मिनेटमा जो विलोकले गोल गरेपछि न्युकासलले पुनः २–१ को अग्रता बनाउन सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)