एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
ratopati.com · Fri Jun 26 06:03:53 GMT 2026

काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै मेमोरी र स्टोरेज चिपको अभाव भएपछि अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना लोकप्रिय उत्पादनहरूको मूल्य वृद्धि गरेको छ ।
कम्पनीले तत्काल लागू हुने गरी इन्ट्री लेभलको म्याकबुक नियोको मूल्य ५९९ अमेरिकी डलरबाट बढाएर ६९९ डलर पुर्याएको छ । त्यसैगरी सबैभन्दा सस्तो आइप्याडको मूल्य ३४९ डलरबाट ४४९ डलर तथा आइप्याड मिनीको मूल्य ४९९ डलरबाट बढाएर ५९९ डलर बनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)