बालिकामाथि जबर्जस्ती करणी आरोपमा ६८ वर्षीय पक्राउ
gorkhapatraonline.com · Fri Jun 26 06:05:34 GMT 2026

बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पर्वत प्रहरीले ६८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्लाको फलेवास नगरपालिका–९ भँगरा ओख्रेनीका ६८ वर्षीय बलबहादुर पौडेल क्षेत्रीलाई बालिकालाई ललाई–फकाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
पीडित बालिकाकी आमाले असार ९ गते साँझ प्रहरी चौकी भँगरामा घटनाबारे जानकारी गराएकी थिइन्। सूचना प्राप्त भएपछि प्रहरी चौकी भँगराबाट जिल्ला प्रहरी कार्यालय पर्वतलाई जानकारी गराइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)