नेपालमा ईभी गाडीप्रति उपभोक्ताको आकर्षण तीव्र, ११ महिनामै १० हजार ८४५ सवारीसाधन आयात
ajakoartha.com · Fri Jun 26 06:02:00 GMT 2026

काठमाडौं- नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिएको छ। चालु आर्थिक वर्षको पहिलो ११ महिनामै २५ अर्ब ५५ करोड ९९ लाख रुपैयाँभन्दा बढी मूल्यका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्म नेपालमा ५० किलोवाटदेखि २०१ किलोवाटसम्म क्षमताका विभिन्न श्रेणीका ईभी भित्रिएका छन्। तथ्यांकले पेट्रोलियम इन्धनमा आधारित सवारीको विकल्पका रूपमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा विस्तार भइरहेको संकेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)