फिफा विश्वकप २०२६ : ब्राजिल समूह विजेता
annapurnapost.com · Fri Jun 26 06:01:05 GMT 2026
एजेन्सी/मायामी : ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्। बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन्।
समूह ‘सी’अन्तर्गत एटलान्टा स्टेडियममा मोरक्कोले हाइटीलाई ४–२ गोलले पराजित गरेको गर्दा मायामी स्टेडियममा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बनेको हो। ब्राजिलले तीन खेलमा ७ अंक बटुल्यो भने समान सात अंक रहेको मोरक्को हेड टु हेडमा उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)