जङ्गलमा लुकाइराखेको कटुवा पेस्तोल बरामद
ratopati.com · Sun Aug 23 19:30:15 GMT 2026

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जङ्गलमा लुकाई छिपाइ राखेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–३ स्थित जङ्गलको झाडीमा रुखको फेदमा लुकाइराखेको एक थान कटुवा पेस्तोल आइतबार साँझ बरामद गरेको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)