युनिग्लोब कलेजमा युवा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम
nepallive.com · Tue Feb 02 12:08:00 UTC 2021
काठमाडौं - काठमाडौं नयाँ बानेश्वरस्थि युनिग्लोब कलेज युवा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनको संयुक्त आयोजनामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङ्ले कोभिड-१९ ले सिथिल भएको अर्थतन्त्र उकास्न र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै देशमै रोजगारीका अवसर सृजना गर्नका लागि सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको जानकारी दिए। आर्थिक समृद्धिका लागि युवालाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा मन्त्री गुरुङको जोड थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)