इंग्ल्याण्डको प्रतिष्ठित प्रिमियर लिगको रोमाञ्चक सुरुवात
barnanmedia.com · Sun Aug 23 22:20:33 GMT 2026
इंग्ल्याण्डको प्रतिष्ठित प्रिमियर लिगको नयाँ सिजन २०२६/२७ को रोमाञ्चक सुरुवात भएको छ । साबिक विजेता आर्सनलसहित एभर्टन, हल सिटी र ब्रेन्टफोर्डले सानदार जितका साथ लिगको सुरुवात गरेका छन् भने ट्रान्सफर बजारमा भारी रकम खर्चिएको म्यानचेस्टर युनाइटेड र टोटनहमले निराशाजनक हार बेहोरेका छन् ।
हिल डिकिन्सन स्टेडियममा भएको खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई २–० ले हराउँदै नयाँ सिजनको सुरुवात जितेको साथ गरेको छ । एभर्टनको जितमा किर्नान ड्युजबरी-हलले पहिलो हाफको अन्त्यतिर उत्कृष्ट गोल गर्दा दोस्रो हाफको सुरुवातमै थियर्नो बारीले हेडरमार्फत् गोल गर्दै अग्रता २-० मा पुर्याउनुभयो । नयाँ प्रशिक्षक पिएर साजको नेतृत्वमा रहेको प्यालेसले केही राम्रा अवसर बनाए पनि गोल गर्न असफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)