कोरोना विश्व अपडेट: ३ लाख ६ हजार नाघे मृतक, कुन देशको अवस्था कस्तो (विवरणसहित)
lokpath.com · Fri May 15 18:12:39 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर ३ लाख ६ हजार ६३ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ४५ लाख ८६ हजार २ सय ७० जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । संक्रमित मध्ये ४५ हजार १ सय ८९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने हालसम्म १७ लाख ३४ हजार ८ सय ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ८७ हजार ६ सय ६२ जना मानिसको ज्यान गएको र १४ लाख ६९ हजार ३ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र अमेरिकामा ११ हजार ७ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ भने ७ सय ५० जनाको ज्यान गइसकेको तथ्यांकले देखाएको छ । हालसम्म अमेरिकामा ३ लाख १७ हजार ४ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमित मध्ये १६ हजार १ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)