संरक्षणको प्रतीक्षामा जनकपुर चुरोट कारखाना : आफ्नो मातहतमा ल्याउने प्रयासमा प्रदेश
gorkhapatraonline.com · Wed Jun 10 04:29:02 GMT 2026

जनकपुरमा ३३ बिघा छ कट्ठामा फैलिएको जनकपुर चुरोट कारखाना छ तर त्यहाँ चुरोट उत्पादन हुँदैन, मधेश प्रदेशको नीति निर्माण, विकास निर्माण खाका उत्पादन हुन्छ । कारखानापरिसरमा मधेश प्रदेश सरकारको स्थापना भएको छ ।
त्यहाँ मुख्यमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालय, मुख्यमन्त्री, मन्त्रीहरू निवाससम्म त्यहीँ छन् । मधेश प्रदेशका लागि सरकारले चुरोट कारखानालाई तत्कालका लागि मात्र प्रयोगमा ल्याएको छ । मधेश प्रदेश (प्रदेश नम्बर २) स्थापना भएको झन्डै नौ वर्ष हुन लागेको छ तर अझै त्यसको विकल्प खोज्ने कसैको ध्यान गएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)