एन्जो फर्नान्डेज कीर्तिमानी रकममा सिटीमा आबद्ध
ratopati.com · Wed Sep 02 03:42:21 GMT 2026
लण्डन । म्यानचेस्टर सिटीले चेल्सीबाट एन्जो फर्नान्डेजलाई बेलायती ट्रान्सफरमा संयुक्त कीर्तिमानी मूल्य १२ करोड ५० लाख पाउन्डमा भित्र्याएको छ। फर्नान्डेजको आगमनसँगै सिटीले यस ट्रान्सफर विन्डोमा प्रिमियर लिगकै कीर्तिमानी ४५ करोड ८८ लाख पाउन्ड खर्च गरिसकेको छ।
यसअघि गत ग्रीष्मकालीन सरुवामा लिभरपुलले गरेको ४१ करोड ५० लाख पाउन्डको खर्च नै सबैभन्दा बढी थियो। सिटीले यसै विन्डोमा खेलाडी बिक्रीबाट करिब ३० करोड पाउन्ड आम्दानीसमेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)