जलवायु संकटबारे कृषिमन्त्रीद्वारा विज्ञहरुसँग परामर्श
gorkhapatraonline.com · Wed Sep 02 03:43:16 GMT 2026

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको क्षतिलाई जलवायु संकटबारे विज्ञहरुसँग सुझाव लिनुभएको छ । मन्त्री चौधरीले मन्त्रालयमा जलवायुसँग सम्बन्धित विज्ञहरु बोलाएर सुझाव लिनुभएको हो।
सो छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेण्डाका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । मन्त्री चौधरीले अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन जानुअघि मन्त्रालयमा आयोजित विज्ञहरूको छलफलमा जलवायु परिवर्तनको मुद्दालाई नेपालको अधिकार र दाबीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा राख्नुपर्नेमा जोड दिनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)