ओलीको प्रश्न : पार्टी नबदल्ने, भोट बदल्ने ! त्योभन्दा लज्जाजनक कुरा के हुन्छ ?
annapurnapost.com · Mon Aug 24 00:37:29 GMT 2026

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको बहुमत देशमा आतंक सिर्जना गर्न नभई राम्रोसँग चलाउन दिएको ‘लाइसेन्स’ भएको बताएका छन्। विराटनगरमा आयोजित अखिल नेपाल महिला संघ कोशी प्रदेशको दोस्रो सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार हरेक क्षेत्रमा डर, त्रास र भयको वातावरण सिर्जना गरी स्वेच्छाचारी ढङ्गले चलिरहेको र फासीवादतर्फ उन्मुख रहेको बताएका हुन्।
उनले प्रतिगमनलाई परास्त गरी स्थानीय तहको निर्वाचनमा सफलता हासिल गर्न पार्टीलाई एकताबद्ध रुपमा सक्रिय बनाउनुपर्नेमा जोड दिए । पार्टी पुनर्गठनका सन्दर्भमा अहिले चलिरहेका अनेक हल्लाबारे आश्वस्त पार्दै अध्यक्ष ओलीले पार्टीमा महासङ्कटको परिस्थितिमा मात्र पुनर्गठन हुन्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)