देउवा–गगन संवादको प्रयास
annapurnapost.com · Mon Aug 24 00:42:45 GMT 2026

काठमाडौं : पार्टी सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा कांग्रेसको आन्तरिक विवाद संवादबाटै समाधान खोज्न सकारात्मक देखिएका छन्। सभापति थापाले निवर्तमान सभापति देउवालाई १५औं महाधिवेशनमा पूर्वसभापतिका रूपमा सम्मानपूर्वक आमन्त्रण गरेर कुरा सुन्न चाहेको बताएका छन्। देउवाले पनि पार्टी एकताका लागि थापासँग छलफल गर्न आफू तयार रहेको संकेत दिएका छन्।
सभापति थापाले केन्द्रीय समिति बैठक समापनका क्रममा देउवाप्रति लामो गुनासो राख्दै विगतमा उनलाई नजिकका नेताहरूले गलत सूचना दिएर पटक–पटक अल्मल्याएको दाबी गरे। देउवाले सम्पर्क कार्यालयमा ‘सभापति’ लेखिएको नेमप्लेट राखेको प्रसंगसमेत उठाउँदै थापाले आफूलाई नरमाइलो लागेको बताए। ‘जसले यसो नगर्नु दाइ भनेर भन्यो, ती सबै तपाईंलाई पराई लागे,’ थापाले भने, ‘जसले वरिपरि बसेर धुप बाले, ती आफ्ना लागे। आफ्नाले डुबाए दाइ, फेरि डुबाउँछन्।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)