बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै, राप्रपाको ‘ह्विप’ले बहुमत जुटाउन सकस
ratopati.com · Mon Aug 24 00:57:00 GMT 2026

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भदौ ३ गते दाबी पेस गरेका उनलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)