स्पेनी ला लिगामा एल्चेमाथि बार्सिलोनाको पाँच गोल
barnanmedia.com · Mon Aug 24 00:53:28 GMT 2026
काठमाडौं । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनी ला लिगमा आइतबार एल्चेमाथि ५–० को जित रच्दै नयाँ सिजनको प्रभावशाली सुरुआत गरेको छ । उसका लागि राफिन्हा र फेरमिन लोपेजले दुई दुई गोल गरे । नयाँ अनुबन्धित खेलाडी एन्थोनी गोर्डनले भने दुई गोलमा अवसर सिर्जना गरे ।
डेब्यु गर्दै गरेका करिम एडेयेमीले पनि एक गोल गरे । यसअघि जोसे मोउरिन्होको नेतृत्वमा रियल म्याड्रिडले इस्पनयोललाई हराएपछि बार्सिलोनालाई विजयी सुरुआतका लागि दबाब सिर्जना भएको थियो । बार्सिलोना र रियलबीच नै यसपल्ट पनि उपाधिको होड चल्ने अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)