प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
nepalviews.com · Mon Aug 24 01:14:58 GMT 2026

काभ्रेपलाञ्चोक । प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४ वर्षदेखि लगातार कन्यालाई देवीका रूपमा मान्दै पूजा गरिँदै आइएको छ । रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई ‘कन्या–पूजा’ नाम दिइएको यस परम्परालाई यस वर्ष पनि निरन्तरता दिन स्थानीय सनातन कन्या–पूजा प्रबन्ध समितिले तयारी थालिसकेको छ । ‘अमूर्त सांस्कृतिक–सम्पदा’ नामकरण गरी वर्षौँदेखि बनेपाली उक्त पूजामा जुट्दै आएका छन् । विसं १९५९ देखि सांस्कृतिक–सम्पदा जोगाउँदै आएकामा गर्व गर्छन् बनेपाली । यस वर्ष यही भदौ १९ गते पूजाको आयोजना गरिएको छ । परम्पराअनुसार बनेपाको पुरानो बजारमा वर्षैँपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दुई दिन पूजा गरिँदै आएको छ ।
नेवाः कन्या–पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका–८ दक्षुटोलमा उक्त पूजा आयोजना गरिन्छ । पूजामा भने बर्सेनि करिब दुई हजारदेखि दुई हजार ५०० कन्या सहभागी हुने गर्दछन् । पछिल्ला वर्षमा यो सङ्ख्या बढ्दै गएको छ । मुख्य पूजा भने सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत बनेपामा कन्यालाई ‘सवा–शताब्दी’देखि पुज्दै आइएको हो । नेपालको काभ्रेपलाञ्चोक जिल्लाबाहेक अन्य स्थानमा यस्तो पूजा गरिएको पाइँदैन । रजस्वला नभएका तथा ‘वेल–विवाह’ नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)