सहमतिपछि घर फर्किए लघुवित्तपीडित
annapurnapost.com · Mon Aug 24 01:14:49 GMT 2026

काठमाडौं : करिब दुई सातादेखि ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय परिसरमा धर्ना दिँदै आएका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि घर फर्किएका छन्।
भदौ ६ गते नेपाल सरकार र आन्दोलनरत ऋणीहरूको वार्ता टोलीबीच भएको सहमति पछि उनीहरूले धर्ना कार्यक्रम स्थगित गरेका थिए। त्यसलगत्तै सरकारले साझा यातायातका आठ वटा बसको व्यवस्था गरेर ३ सय २३ जना ऋणीलाई आइतबार सम्बन्धित जिल्लातर्फ पठाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)