न्यायमूर्तिहरूलाई पत्र : न्याय र जनविश्वासको प्रश्न
ratopati.com · Mon Aug 24 01:39:40 GMT 2026

भगवान् वा ईश्वर छन् कि छैन भन्ने विषय छलफल र बहसको विषय होइन; यो आस्था, विश्वास, भरोसा र अनुभूतिको विषय हो। त्यसैगरी, न्यायमूर्तिहरूलाई पनि समाजले भगवान सरह आस्था र सम्मान दिएको हुन्छ। त्यसैले न्यायमूर्तिप्रतिको जनताको आस्था, विश्वास र भरोसा कहिल्यै गुम्न दिनु हुँदैन।
सामान्य अर्थमा न्यायमूर्तिले न्याय प्रदान गर्दा कानुनसम्मत र न्यायोचित हुनुपर्छ भन्ने सर्वमान्य सिद्धान्त हो। कानुनसम्मत भन्नाले संविधान, ऐन तथा प्रचलित कानुनबमोजिम निर्णय गर्नु हो। तर न्यायोचित भन्नाले केवल कानुनका अक्षरहरूमा सीमित नभई न्यायमूर्तिले आफ्नो अनुभव, व्यावहारिक ज्ञान, विवेक र परिस्थितिको समग्र मूल्याङ्कनका आधारमा न्यायको मर्मलाई आत्मसात् गर्दै निर्णय गर्नु हो। यही अदृश्य अधिकार न्यायमूर्तिहरूलाई प्रदान गरिएको हुनाले समाजले उहाँहरूलाई जीवित न्यायका प्रतीकका रूपमा हेरेको हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)