बेलायतमा १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्था सहभागिता हुने
ratopati.com · Mon Aug 24 01:38:08 GMT 2026

लण्डन । बेलायतमा नेपाली कला, संस्कृति र पहिचानको प्रतिष्ठित सांस्कृतिक पर्वका रूपमा स्थापित १७औँ नेपाली मेला आउँदो आइतबार लण्डनस्थित केम्पटन पार्क रेसकोर्समा आयोजना हुने भएको छ।
तमुधिं यूकेद्वारा आयोजित मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। मिचेटस्थित तमुधिं यूके भवनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी, सांस्कृतिक कार्यक्रम, सहभागिता, पुरस्कार, स्टल तथा पार्किङ व्यवस्थालगायतका विषयमा जानकारी गराइएको हो। विगतमा जस्तै यस वर्ष पनि नेपाली दूतावास लण्डनको सहकार्यमा मेला आयोजना हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)