इन्टरनेटको पहुँच विस्तारमा सरकार
nagariknews.nagariknetwork.com · Mon Aug 24 01:23:50 GMT 2026

हरेक कामलाई डिजिटलमैत्री बनाउने अभियानसहित अघि बढिरहेको सरकारले आगामी पाँच वर्षभित्र मुलुकभर उच्च गुणस्तरको ब्रोडब्यान्डको इन्टरनेट विस्तार गर्ने भएको छ। ‘एकीकृत दूरसञ्चार नीति २०८३’को मस्यौदा सार्वजनिक गर्ने क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले देशभर ब्रोडब्यान्ड इन्टरनेटको पहुँच बढाउने, शुल्क घटाउने र डिजिटल नेपालकोे लक्ष्य हासिल गर्ने उद्देश्यका साथ तीव गतिमा काम अघि बढाएको जानकारी दिएको हो।
मस्यौदामा न्यूनतम ५० एमबिपिएसको ब्रोडब्यान्ड इन्टरनेट ८० प्रतिशत जनसंख्यामा पुर्याउने उल्लेख छ। सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति २०५९, दूरसञ्चार नीति २०६०, ब्रोडब्यान्ड नीति २०७१ र सूचना तथा सञ्चार प्रविधि नीति २०७२ लाई एकीकृत गर्ने प्रस्ताव पनि त्यसमा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)