कोशीका मुख्यमन्त्री कार्कीले आज तेस्रोपटक विश्वासको मत लिँदै
nepalviews.com · Mon Aug 24 01:55:04 GMT 2026

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रोपटक प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्। बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेपाली कांग्रेसले भदौ ३ गते मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उनले पुनः विश्वासको मत लिन लागेका हुन्। एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको नयाँ सहमति अनुसार प्रदेश सरकार पुनर्गठन भई गत सोमबार नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)