कुन कुन सडक अवरुद्ध छन्? हेर्नुस्
himalpress.com · Mon Aug 24 01:59:42 GMT 2026

काठमाडौँ- देशका विभिन्न मुख्य राजमार्ग लगातारको वर्षा, बाढी र पहिरोका कारण प्रभावित भएका छन्। कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सुचारु रहेको छ। इलामको राजदुवाली क्षेत्रमा झापा–ताप्लेजुङ सडकखण्ड मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। दुवै स्थानमा वैकल्पिक बाटोको प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
बागमती प्रदेशका सडकहरूमा जोखिम बढेपछि आवागमनमा कडाइ गरिएको छ। काभ्रेस्थित बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक खण्डमा पनि साँझ ५ देखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा प्रतिबन्ध छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)