फुटसल मेनिया’मा ४८ टोली भिड्ने, पुरस्कार राशी दुई लाख
nagariknews.nagariknetwork.com · Wed Jul 01 14:29:05 GMT 2026
‘प्लस टु’ अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै बिहानी इभेन्ट्सले असार ३२ देखि साउन २ गतेसम्म ‘फुटसल मेनियाः नेसनल इन्टर हाई स्कुल फुटसल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ ।
तारकेश्वर नगरपालिकास्थित टिपटप स्पोर्ट्स हबमा हुने प्रतियोगितामा देशभरका ४८ उच्च माध्यमिक विद्यालयका टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा बढीमा २० वर्षका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने हालै कक्षा १२ उतीर्ण गरेका विद्यार्थीसमेत सहभागी हुन पाउने व्यवस्था गरिएको छ । त्यस्तै एउटा विद्यालयबाट दुईवटा टोलीसम्म सहभागी हुन पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)