मूल्य समायोजन नहुँदा निर्माण उद्योग संकटमा, तत्काल हस्तक्षेप गर्न महासंघको माग
corporatenepal.com · Wed Jun 10 04:40:27 GMT 2026

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिपछि पनि सरकारले मूल्य समायोजन नगर्दा निर्माण उद्योग गम्भीर संकटमा परेको जनाएको छ। महासंघले निर्माण व्यवसायीहरू आर्थिक तथा मानसिक रूपमा अत्यन्तै पीडादायी अवस्थाबाट गुज्रिरहेको भन्दै तत्काल समस्या समाधानका लागि सरकारसँग माग गरेको छ।
महासंघद्वारा जारी विज्ञप्तिमा मध्यपूर्वमा जारी द्वन्द्व, इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धि लगायतका कारण निर्माण लागत अस्वाभाविक रूपमा बढेको उल्लेख गरिएको छ। यद्यपि सार्वजनिक खरिद ऐन, नियमावली तथा सम्झौतामा मूल्य समायोजनसम्बन्धी स्पष्ट व्यवस्था हुँदाहुँदै पनि व्यवसायीहरूले त्यसको लाभ पाउन नसकेको महासंघको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)