प्रधानमन्त्री फर्किँने दिन नै तनहुँमा सडक अवरुद्ध
himalpress.com · Mon Aug 24 02:43:51 GMT 2026

काठमाडौँ- ३ दिनदेखि काठमाडौँ उपत्यकाबाहिर रहेका प्रधानमन्त्री बालेन शाह आज (भदौ ८) मा फर्किँदैछन्। तर उनी फर्किँने दिन नै तनहुँको व्यास १२ स्थित छिर्कनेमा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ।
तनहुँ प्रहरीका अनुसार, आइतबार राती देखि नै पहिरो हटाउने क्रम जारी छ। सडकको एउटा लेन पूर्ण रुपमा अवरुद्ध भएको र खुलाउने प्रयास भैरहेको प्रहरी नायव उपरिक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिए । प्रधानमन्त्री ३ दिनअघि पोखरा हुँदै सडकमार्गबाट मुस्ताङ गएका थिए। आज फर्किँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)