इरानमा अमेरिकी प्रतिबन्ध घोषणाअघि कच्चा तेलको मूल्यमा गिरावट
lokaantar.com
अमेरिकाले इरानमाथि नयाँ र कडा आर्थिक प्रतिबन्धहरूको घोषणा गर्ने तयारी गरिरहेका बेला लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न थालेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा प्रतिब्यारेल १ डलरभन्दा बढीले गिरावट आएको छ।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड फ्युचर्स १.२२ डलर वा १.२९ प्रतिशतले घटेर प्रतिब्यारेल ९३.१७ डलर कायम भएको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुडको मूल्य १.२० डलर वा १.३८ प्रतिशतले घटेर प्रतिब्यारेल ८५.८६ डलरमा झरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)