कोशी कटानबाट ११ किलो १२० ग्राम गाँजासहित एक जना पक्राउ
gorkhapatraonline.com · Mon Aug 24 03:12:15 GMT 2026

सुनसरीको कोशी गाउँपालिका–४, कोशी कटानबाट ११ किलो १२० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्। कटानस्थित पूर्व–पश्चिम राजमार्गमा रहेको अस्थायी प्रहरी चौकी शिवचोकबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका एक व्यक्तिलाई लागुऔषध गाँजासहित पक्राउ गरेको हो।
पूर्वबाट पश्चिमतर्फ पैदल आइरहेका धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का २८ वर्षीय चरन राईलाई शंकाको आधारमा प्रहरीले रोकेर झोला खानतलासी तथा चेकजाँच गर्दा ११ किलो १२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)