‘किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी–हाँसी नमस्कार गरेँ’: बालेन साह
barnanmedia.com · Mon Aug 24 03:30:29 GMT 2026

२१ सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्नको निमित्त मेरो मात्र हस्ताक्षर बाँकी राखिएर प्रस्ताव पनि आएको थियो। भइदेऊ न त भन्दाखेरि त्यति गाह्रो पनि थिएन। तर त्यतिखेर एउटै चिज दिमागमा आयो। यत्रो आन्दोलन, यत्रो आशा, यत्रो भरोसा कहाँ जान्छ ? म भइनै हालेछु भने पनि २ महिना, ४ महिना, ६ महिनाको प्रधानमन्त्री बन्थेँ होला ! धेरैमा धेरै भए त्यो सिंहदरबारमा एउटा तस्बिरसम्म टाँसिन्थ्यो होला। तर देशले यत्रो आन्दो'लन कुरेर बसेको थियो, देशले यत्रो परिवर्तन कुरेर बसेको, देशले यस्ता होनहार मान्छे कुरेर बसेको थियो।
मसँग त्यो अधिकार थिएन। त्यतिखेर साँच्चै नै मलाई महसुस भएको हो, म यहाँ गर्वका साथ भन्न सक्छु किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी-हाँसी नमस्कार गरेको हो।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)