ताँजाकोट गाउँपालिकामा आगलागी, महत्त्वपूर्ण कागजात जलेर नष्ट
gorkhapatraonline.com · Mon Aug 24 03:46:03 GMT 2026

हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ। आइतबार राति करिब २ बजे गाउँपालिकाको प्रशासनिक भवनमा आगलागी भएको हो। आगलागी भएपछि स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीय नरवीर थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार भवनमा गाउँपालिकाका केही कर्मचारीसमेत बस्दै आएका थिए। आगलागी भएको थाहा पाएलगत्तै नजिकै रहेको प्रहरी चौकी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)