कञ्चनपुरको बेलौरी नगरपालिकामा सशस्त्र प्रहरीको १४ औं बीओपी, आज गरियो उद्घाटन
pahilopost.com · Fri Sep 18 17:16:28 UTC 2020
कञ्चनपुर : बेलौरी नगरपालिका-८ पचुँईमा शुक्रवार सशस्त्र प्रहरी बल नेपालको १४ औं बोर्डर आउट पोस्ट (बीओपी)को उद्घाटन गरिएको छ। सशस्त्र प्रहरीको अत्तरिया स्थित नम्बर ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरिशङ्कर बुढाथोकीले बोर्डर आउट पोस्टको उद्घाटन गरेका हुन्।
पोस्टको उद्घाटन गर्दै उनले राष्ट्रहितलाई सर्वोपरी ठानेर कार्य गर्नुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रका जनतालाई शान्ति सुुरक्षाको अनुभूति हुने गरी काम गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)