भ्रष्टाचार अभियोगमा मुद्दा दायर
barnanmedia.com · Wed Jul 01 14:35:12 GMT 2026

काठमाडौँ, १७ असारः अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।
पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्नेसमेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)