बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान
ratopati.com · Mon Aug 24 05:15:48 GMT 2026

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ । सदरमुकाम मार्तडीस्थित मालिका मन्दिर पूजाआजा गरी सरकारी टोली आज त्यसतर्फ लागेको हो । सुरक्षाकर्मीको सलामी, बाजागाजासहित, फूलमालामा सजिएका जमराको टोकरी शिरमा राखेर पञ्चकन्या र महिलाले सरकारी टोलीको बिदाइ गरेका हुन् ।
बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरासहितको एकीकृत रुपमा सरकारी टोली बडीमालिकातर्फ गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)