बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन
khabarhub.com · Mon Aug 24 05:27:27 GMT 2026

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य अपराधको अनुसन्धानका क्रममा प्रहरीको गम्भीर लापरवाही गरेको छ । घटनामा संलग्न भएको अभियोग लागेका एक किशोरको हतकडी लगाएकै अवस्थामा लिइएको बयानको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धानको मर्यादा र कानुनी गोपनीयतामाथि गम्भीर प्रश्न उठेको छ।
भाइरल भिडियोमा हतकडी लगाइएका ती किशोरलाई अपराधी मनोवृत्तिलाई बढावा दिने गरी प्रश्न सोधिएको सुन्न सकिन्छ। भिडियो खिच्दा किशोरको अघिपछि दुई जना प्रहरी कर्मचारी नियन्त्रणका लागि खटिएका स्पष्ट देखिन्छन्, जसले प्रहरीकै रोहबरमा भिडियो तयार गरेर सार्वजनिक गरेको प्रस्ट देखाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)