समृद्धिको आधार रैथाने सीप
annapurnapost.com · Mon Aug 24 05:25:29 GMT 2026

जुन हातले नेपाल निर्माण गरे, ती हातलाई अब संरक्षणको निरीह पात्र होइन, सिंगो राष्ट्र समृद्धिका निर्माता बनाउनुपर्छ।
नेपालका रैथाने शिल्पी तथा श्रमिक समुदाय परम्परागत पेसा, सीपकला, ज्ञान, प्रविधि र संस्कृतिका मियो हुन्। यसको संरक्षण तथा विकासका लागि तयार भइरहेको ‘दलितको अधिकार तथा विकाससम्बन्धी विधेयक, २०८३’ एउटा महत्त्वपूर्ण कानुनी पहल हो। संविधानको धारा ४० ले दलितको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, प्रतिनिधित्व, भूमि र आवासको हक सुनिश्चित गरेको छ। सोही धारामा परम्परागत पेसा, ज्ञान, सीप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने अधिकार पनि सुरक्षित गरिएको छ। प्रस्तुत विधेयक त्यसै संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने प्रयासका रूपमा आएको देखिन्छ। यो टिप्पणी विधेयकका २५ पृष्ठमा समेटिएका ६९ दफाको समग्र अध्ययनमा आधारित छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)