३ वर्षीय बालिका गरिमा बलात्कार-हत्या प्रकरणका नाबालक आरोपीको भिडिओ भाइरल बनाउनु कत्तिको जायज?
techpana.com · Mon Aug 24 05:28:10 GMT 2026

काठमाडौं । बाराको जितपुर सिमरा-१ भक्तिनगर टोलकी ३ वर्षीया बालिका गरिमा चौधरीको जघन्य बलात्कार र हत्या प्रकरणले सिङ्गो देशलाई स्तब्ध बनाएको छ । स्थानीय सरस्वती प्राथमिक विद्यालयको बालविकास कक्षामा अध्ययनरत ती बालिका गत ३१ साउनको बिहान घरबाट हराएकी थिइन् ।
अनुसन्धानका क्रममा ना.१.ज ७७५८ नम्बरको म्याजिक भ्यानका १६ वर्षीय सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर खाली कोठामा लगी जबरजस्ती करणी गरी पहिचान खुल्ने डरले हत्या गरेको रहस्य बाहिर आयो । प्रहरीले यस जघन्य अपराधको आरोपमा सहचालक थापा र म्याजिक भ्यानका धनी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरी बारा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)