देउवालाई जोगाउने नाममा कांग्रेस कमजोर बनाउने रणनीति
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026
नेपाली कांग्रेस यतिबेला आफ्नो गौरवमय इतिहासकै अर्को गम्भीर मोडमा उभिएको छ। संयोगवश, यो गम्भीर मोडको केन्द्रमा फेरि पनि नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नै देखिएका छन् । देउवा नेपाली राजनीतिमा कम बोल्ने, तर बोलेको कुरामा अडान राख्ने र आफ्नो निर्णयमा दृढ रहने नेताका रूपमा परिचित छन् ।
भदौ २३/२४ को जेन-जी आन्दोलनका क्रममा भएको विध्वंसात्मक घटनामा स्वयं शारीरिक हमलामा परेपछि उनले कांग्रेस नेतृत्वको सम्पूर्ण जिम्मेवारी कार्यवाहकलाई दिएर युवालाई अगाडि बढाउने अवसर दिएका थिए तर पाँच महिना नबित्दै उनी पुनः सक्रिय राजनीतिमा फर्किए । यो पुनरागमन राजनीतिक आवश्यकता थियो कि व्यक्तिगत राजनीतिक मोह यसको जवाफ इतिहासले दिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)