एचआईभीका नयाँ रोगी पहिचान
barnanmedia.com · Mon Aug 24 05:58:00 GMT 2026

८ भदौ, नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा एचआईभी का नयाँ रोगी फेला परेका छन् । आर्थिक वर्ष २०८२/ ८३ को अन्त्यमा एचआईभी परीक्षण गर्दा ८३ नयाँ रोगी पुष्टि भएको हो । त्यस वर्ष सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो ।
अस्पतालका एचआईभी ‘फोकलपर्सन’ डा सङ्केतकुमार रिसालले सङ्क्रमितलाई शीघ्र एआरटी सेवा प्रदान गरिएको जानकारी दिए । अस्पतालले एचआईभी सङ्क्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, सङ्क्रमण रोकथाम तथा आमाबाट शिशुमा सङ्क्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सेवा सञ्चालन गरिरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)