मरुवा खोलाबाट झन्डै २ सय केजी गाँजासहित टिप्पर र चालक नियन्त्रणमा
himalpress.com · Mon Aug 24 06:09:32 GMT 2026

काठमाडौँ- उदयपुर कटारी नगरपालिका ४ स्थित मरुवा खोलाबाट १९९.३२ केजी गाँजासहित टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको छ। नेपाल प्रहरीका अनुसार चेकजाँचका क्रममा टिपरमा ९ वटा बोरामा लुकाइ ल्याएको १९९.३२ केजी गाँजा बरामद गरिएको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)