विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
ratopati.com · Wed Jul 01 14:52:17 GMT 2026

कैलाली । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन् ।
लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया मनिषा विक आज स्थानीय रोरा खोलाको किनारमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । मनिषा लम्कीचुहा नगरपालिका–२ स्थित जनचेतना माध्यमिक विद्यालयको शिशु कक्षामा अध्ययनरत थिइन् । अभिभावकले उनलाई मङ्गलबार बिहान विद्यालय पुर्याएका थिए । तर, त्यसपछि उनी सम्पर्कमा नआएपछि खोजी गर्न थालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)