एचआइभीका नयाँ रोगी पहिचान
nepalnews.com · Mon Aug 24 06:11:49 GMT 2026

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन्। आर्थिक वर्ष २०८२/ ८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ नयाँ रोगी पुष्टि भएको हो। त्यस वर्ष सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो।
अस्पतालका एचआइभी ‘फोकलपर्सन’ डा. संकेतकुमार रिसालले संक्रमितलाई शीघ्र एआरटी सेवा प्रदान गरिएको जानकारी दिए। अस्पतालले एचआइभी संक्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, संक्रमण रोकथाम तथा आमाबाट शिशुमा संक्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सेवा सञ्चालन गरिरहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)