मृत्युको बाटो छिचोल्दै सगरमाथाको चुचुरो चुम्दा...!
annapurnapost.com · Mon Aug 24 06:05:21 GMT 2026

काठमाडौं : ‘हिँड्दाहिँड्दा कतिबेला हिउँको धाँजामा खसिन्छ, पत्तो हुँदैन।’ सगरमाथा चढ्नेहरू यसै भन्छन्। पाइलैपिच्छे मृत्यु ढुकेर बसेको सगरमाथाको उकालो केवल हिउँ र चट्टानको थुप्रो होइन; यो त मान्छेको जिजीविषा र प्रकृतिको निष्ठुरताबीचको महासंग्राम हो। त्यही अदम्य साहस, मृत्युभय र आँसु जमेको रोमाञ्चक कथा हो, वृत्तचित्र ‘रोड टु एभरेस्ट’।
क्याम्प फोर पुग्दा मौसमले रौद्र रूप लिइसकेको थियो। हिउँको आँधीले उडाउला झैं गर्दा आफूलाई गाइड गर्ने शेर्पा दाजुभाइले भनेका थिए, ‘दाइ, अब फर्कनुपर्छ !’ तर, ५० वर्ष नाघेका राज गुरुङको मनले मानेन। उनीभित्रको अठोट बोल्यो, ‘यत्रो तल बेसक्याम्पबाट यहाँसम्म पुगिसकें, अब किन फर्कने ? भाइ, यहीँ बसौं।’ त्यो हिउँको भयानक आँधीमा, टेन्टभित्र हिउँ छिर्दै गर्दा शेर्पाहरूलाई लागिरहेको थियो, ‘हिमालमा मान्छे सुत्यो भने, सुतेको सुत्यै हुन्छ।’ मृत्युको त्यो चिसो सासलाई नजिकैबाट महसुस गर्दै उनीहरूले ज्यानको बाजी राखेर रात काटे। ज्यान जोखिममा पार्नुभन्दा बचाउनु बुद्धिमानी भन्ने निष्कर्षका साथ क्याम्प २ मा झरेका उनीहरू मौसम अनुकूल भएपछि पुन : ३ र ४ तर्फ लागेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)