हिउँदे अधिवेशनअघि विद्यालय शिक्षा ऐन ल्याउने तयारी, सुझाव ऐनमै समेट्ने सरकारको प्रतिबद्धता
himalpress.com · Mon Aug 24 06:15:31 GMT 2026

काठमाडौँ- सरकारले विद्यालय शिक्षा ऐनलाई आगामी हिउँदे अधिवेशनअघि संसद्बाट अघि बढाउने तयारी गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ऐन निर्माणलाई सरकारको सर्वोच्च प्राथमिकतामा राखिएको बताउँदै सातै प्रदेशबाट संकलित सुझावलाई मस्यौदामै समेटिने प्रतिबद्धता जनाए।
आइतबार मन्त्रालयले आयोजना गरेको सरोकारवालासँगको परामर्श गोष्ठीमा मन्त्री पोखरेलले विगतका अभ्यासभन्दा फरक ढंगले सहभागितामूलक र पारदर्शी प्रक्रियाबाट विद्यालय शिक्षा ऐन तयार पारिने बताए। उनका अनुसार शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय तह र शिक्षाविद्को रायलाई औपचारिक छलफलमै सीमित नराखी कानुनी व्यवस्थामा रूपान्तरण गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)