इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणाको साइड इफेक्ट : तेलको मूल्यमा गिरावट
himalpress.com · Mon Aug 24 06:19:56 GMT 2026

हङकङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेलको मूल्यमा गिरावट आएको छ। एसियाली बजारमा पनि सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन् । दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकांक १.४ प्रतिशतले घटेको छ।
टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट आएको छ भने सिड्नी, जकार्ता र बैङ्ककमा वृद्धि देखिएको छ । मनिला र क्वालालम्पुरका बजार भने स्थिर रहेका छन्। कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानीकर्ताको चासो बढिरहेका बेला विश्वकै मूल्यवान कम्पनीमध्ये एक अमेरिकी चिप निर्माता एनभिडियाको आगामी आम्दानी प्रतिवेदनप्रति पनि बजारको ध्यान केन्द्रित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)