भाषणमा मार्क्सवाद, व्यवहारमा सत्ताको अंकगणित: नेपाली कम्युनिस्ट आन्दोलनको ‘ट्रयाजेडी’
clickmandu.com · Mon Aug 24 06:30:21 GMT 2026

काठमाडौं । जब पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मञ्चमा उभिन्छन्, उनका ओठबाट पटक–पटक वर्ग संघर्ष, उत्पीडित समुदायको मुक्ति, क्रान्तिकारी पुनर्गठन र सत्ताको मोह त्याग्ने भावुक उद्घोषहरू प्रतिध्वनित हुन्छन् ।
राजधानीमा आइतबार आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै फेरि एक पटक उनले दाबी गरे– ‘केवल सरकार निर्माण र परिवर्तनमा मात्र ध्यान दिँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको हो । अब सहकार्यको उद्देश्य सरकारमा जानु मात्र हुनुहुँदैन, यसलाई नयाँ आन्दोलनको सृष्टिका रूपमा अगाडि बढाउनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)