विकास आयोजनाको स्थलगत अनुगमन गर्दै सभापति ढकाल
nepalnews.com · Mon Aug 24 06:37:57 GMT 2026

नारायणगढ । सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको स्थलगत अनुगमन गरेका छन्। उनले चितवन क्षेत्र नं १ का आयोजना तथा योजनाको स्थलगत अनुगमन गरेका हुन्। ढकाल चितवन जिल्ला क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हुन्।
सभापति ढकालसहित संघीय कार्यालयअन्तर्गतका प्रतिनिधि तथा प्राविधिक टोलीले रत्ननगर नगरपालिकाका विभिन्न वडामा पुगेर गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाको प्रगति, गुणस्तर र कार्यान्वयन अवस्थाबारे सम्बन्धित अधिकारी, प्राविधिक तथा स्थानीयसँग जानकारी लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)