‘आशा’ को इन्डक्ल्यापमा प्राविधिकलाई ५१ हजार सहयोग
kalakarmi.com · Mon Aug 24 06:38:08 GMT 2026

काठमाडौं- उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को इन्डक्ल्याप समारोहमा प्राविधिक अर्जुन घिमिरेलाई नगद राशि ५१ हजार रुपैयाँ सहयोग गरिएको छ । निर्मात्री शर्मिला थापाले ‘आशा’ मा प्राविधिक टिममा रहेर स्पोटब्वाईका रुपमा काम गरिरहेका प्राविधिक अर्जुनको श्रीमती ‘ब्लड क्यान्सर’ बाट पिडित रहेको जानकारी पाएपछि पारिश्रमिक बाहेक उपचारका लागि उक्त रकम सहयोग गरेकी हुन् ।
फिल्म निर्माणमा परिवार झैँ भएर काम गरेपछि आफ्नो दायित्व सम्झिएर सहयोग गरेको निर्मात्री थापाले बताइन । उक्त रकम ग्रहण गर्दै प्राविधिक घिमिरेले निर्माण टिमलाई धन्यवाद दिए । ‘यहाँ काम गरेकै पैसा समयमा पाइदैन, तर छायांकन सकिए लगत्तै मैले पाएको अतिरिक्त सहयोगका लागि आभारी छु । निर्मात्री थापालाई धन्यवाद’, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)