कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
reportersnepal.com · Mon Aug 24 06:38:22 GMT 2026

कपिलवस्तु, ८ भदौ । मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ ।
स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो । प्रबन्धक ओमशङ्कर उपाध्यायले ८० जनालाई रोजगारी दिइएको बताउँदै उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ । राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक रहेको उनले दाबी गरे । उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको जनाइएको छ । “मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,” उनले भने । उद्योगले हाल प्रतिलिटर रु ३६५ मा तेल बिक्री गरिरहेको छ । मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले उद्योग स्थापनाबाट स्थानीयले रोजगारी पाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)