ट्रम्पको आर्थिक युद्ध घोषणासँगै विश्व बजारमा तेलको मूल्य घट्यो
nepallive.com · Mon Aug 24 06:41:00 GMT 2026

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेलको मूल्यमा गिरावट आएको छ ।
एसियाली बजारमा पनि सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन् । दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकाङ्क १.४ प्रतिशतले घटेको छ । टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट आएको छ भने सिड्नी, जकार्ता र बैङ्ककमा वृद्धि देखिएको छ । मनिला र क्वालालम्पुरका बजार भने स्थिर रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)