आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिकाबीच सहमति
nepalnews.com · Mon Aug 24 07:02:40 GMT 2026

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको सेवा विस्तारका लागि दुवै जिल्लाका पाँच पालिकाबीच मिलेर काम गर्ने सहमति भएको छ। ऐतिहासिक महत्व बोकेको आरुघाट बजारमा रहेको उक्त अस्पतालको सेवा विस्तार गर्न यसअघि पनि दुई जिल्लाका प्रतिनिधिबीच छलफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रवीन थापाले जानकारी दिए।
अस्पतालको प्रभाव क्षेत्र धादिङको आरुघाट, त्रिपुरासुन्दरी र गङ्गाजमुना तथा गोरखाको भिमसेनथापा, धार्चे र चुमनुब्री गाउँपालिका पदाधिकारीबीच छलफल भएको संयोजक थापाले जानकारी दिए। छलफलमा आरुघाट अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा विस्तार, नसर्ने रोगको उपचार, स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन र हेमोडायलिसिस सेवा सञ्चालन गर्न आवश्यक पहल गर्ने निर्णय समेत भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)